+
+

अर्थतन्त्र सुधारमा राय दिन पूर्वअर्थ सचिव खनाल नेतृत्वमा आयोग गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २२ गते १७:५७
पूर्वअर्थ सचिव रामेश्वर खनाल/फाइल तस्वीर

२२ असोज, काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

‘मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहित प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार आयोग गठन गर्ने निर्णय गरिएको छ,’ मन्त्री गुरुङले भने ।

निजी क्षेत्रले लामो समयदेखि एक उच्चस्तरीय आयोग गठनको माग गरेका थिए ।

आयोग सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल छन् ।

आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षसँग परामर्श गर्नेछ ।

अर्थ मन्त्रालयको एक सय दिनको योजनामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?