+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
६८ बलमा ३६ रन आवश्यक
विराटनगर किंग्स 2025
112/2 (8.4)
Shares

खोलामा खसेर बेपत्ता भएका प्रह्लाद महर्जनको खोजीमा कुकुर परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २२ गते १४:३३

२२ असोज, काठमाडौं। कीर्तिपुरका प्रह्लाद महर्जनको खोजीमा कुकुर परिचालन गरिएको छ ।

१७ असोजको बिहान साढे ८ बजेतिर कीर्तिपुर नगरपालिका–७ नयाँ बजारस्थित तिन्सी खोलामा वेपत्ता भएका महर्जनको खोजीमा कुकुर परिचालन गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार नेपाल प्रहरी केनाइन शाखाबाट डीएसपी बासुदेव सुवेदीको कमाण्डमा दुई वटा तालिम प्राप्त कुकुर परिचालन गरी मंगलबार महर्जनको खोजी गरिएको हो।

कुकुरका साथै परिसर काठमाडौंबाट इन्सपेक्टर किरण राउतको कमाण्डमा ५ जनाको टोली महर्जनको खोजीमा खटिएको छ ।

कीर्तिपुरको नयाँ बजार घर भएका ५१ वर्षीय महर्जन बारीमा काम गर्ने क्रममा तिन्सी खोलामा खसेर वेपत्ता भएका थिए । उनी खसेकै आसपास खोला वरपर अहिले कुकुर परिचालन गरेर खोजी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?