+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

नेपाल उद्योग परिसंघले २ सय बाढी प्रभावितलाई बाँड्यो राहत

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १५:०२

२३ असोज, काठमाडौं। नेपाल उद्योग परिसंघले हालैको अविरल वर्षापछिको बाढी–पहिरो प्रभावितलाई राहत वितरण गरेको छ ।

परिसंघले ललितपुर महाँकाल गाउँपालिका–६ ठूलादुर्लुङका १ सय र गोदावरी गनरपालिका–७ का १ सय घर परिवारलाई खाद्य सामग्री उपलब्ध गराएको हो ।

परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तुलसीबहादुर श्रेष्ठमार्फत २ सय घर परिवारका लागि राहत सामग्री प्रदान गरे ।

सीडीओ श्रेष्ठले परिसंघबाट प्राप्त राहत सामग्री महाकाँल गाउँपालिकाका उपाध्यक्ष डोल्मामाया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्कालाई उपलब्ध गराए ।

श्रेष्ठले ललितपुरका यी विकट क्षेत्रका स्थानीयका लागि राहत सामग्री उपलब्ध गराएकोमा परिसंघलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?