+
+

लुम्बिनीका प्रदेश प्रमुखले फिर्ता गरे दुई विधेयक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २३ गते १६:४१

२३ असोज, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन् ।

प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै फिर्ता पठाएका हुन् ।

प्रदेश प्रमुख कार्यालयका सचिव वेद प्रसाद खरेलले विज्ञप्ति मार्फत दुबै विधेयक फिर्ता पठाइएको जानकारी गराएका छन् । विधेयकले आफूहरुमाथि अन्याय भएको भन्दै स्वास्थ्य सेवाका सातौं तहका कर्मचारीहरु आन्दोलनमा थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?