+
+

‘एक्टर’को प्रदर्शन मिति हेरफेर, माघ १६ गतेलाई रिलिज तय

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते १२:००

काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर’को पूर्वनिर्धारित प्रदर्शन स्थगित भएको छ । निर्माताले विहिबार विज्ञप्ति जारी गर्दै यो फिल्म कात्तिक १५ गते नआउने जनाएका हुन् ।

यो फिल्म अब माघ १६ गते प्रदर्शन हुने भएको छ ।

मानवीय र प्राविधिक कारणले निर्धारित मितिमा फिल्म प्रदर्शन हुन नसक्ने देखिएको निर्माताले जनाएका छन् । वितरक, पोस्ट प्रोडक्सन र अन्य नेपाली फिल्मको प्रदर्शनलाई समेत दृष्टिगत गर्दै प्रदर्शन सारिएको अदृत फिल्म्स र मोती फिल्म्सले जनाएका छन् ।

प्रदीपसहित आना शर्मा, दिब्या रायमाझी, राजवल्लभ कोइरालाको शीर्ष भूमिका रहेको फिल्मलाई राजन भुषालले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?