+
+

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते १३:५३

१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ जम्मा भएको छ । यो कोषमा रहेको मौज्दात रकम हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले असोज ३० गतेसम्मको विवरण सार्वजनिक गर्दै पछिल्लो एकसातामा कोषमा जम्मा भएको रकमबारे जानकारी दिएको हो ।

पछिल्लो सातामा साल्ट ट्रेडिङ कर्पोरेसनले ६० लाख रुपैयाँ कोषमा सहयोग गरेको छ । गैरआवासीय नेपाली संघले ५१ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ ।

नेसनल इन्सुरेन्स कम्पनीले १० लाख, विद्युत उत्पादन कम्पनीले ५ लाख ९६ हजार, राष्ट्रिय समाचार समितिले ३ लाख २६ हजार रुपैयाँ सहयोग कोषमा जम्मा गरेका छन् ।

यो सातामा १० दाताहरुले कोषमा सहयोग रकम दाखिला गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?