+
+

गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २ गते १७:००

२ कार्तिक, काठमाडौं । उच्च अदालत पाटनले पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिने वा नदिनेवारे छलफल गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

आफूलाई गैरकानूनी रुपमा धर्मशालाबाट निकाल्न खोजेको भन्दै मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास समिती, काडमाडौं महानगरपालिका सहित ११ वटा निकाय विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?