+
+
WC Series
पोखरा एभेन्जर्स 2025
44/3 (6.6)
VS
७८ बलमा १२२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

भिस्टाराको जहाजमा बम रहेको हल्ला मात्रै

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ६ गते २०:५८

६ कात्तिक, काठमाडौं । बम राखिएको हल्लापछि करिब तीन घण्टा रोकिएको भिस्टारा एयरवेजको जहाज खरामुक्त रहेको प्रमाणित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै रोकिएको भिस्टाराको जहाज अब भारत नयाँदिल्लीका लागि उडान गर्ने क्रममा छ ।

‘भिस्टारको जहाजमा बम वा अन्य कुनै शंकास्पद वस्तु भेटिएन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले अनलाइनखबरसँग भने, ‘सेना तथा प्रहरीको सर्च अपरेसनले जहाजको आन्तरिक तथा वाह्य भाग एवं यात्रुका ब्यागेज सबै जाँच गर्दा शंकास्पद वस्तु केही भेटिएन । त्यसपछि जहाजलाई खतरामुक्त प्रमाणित गरियो ।’

भारतको एउटा ह्वाट्स एप नम्बरबाट भिस्टारको उक्त जहाजमा बम राखिएको कल आएपछि सुरक्षा निकायले जहाजमा सर्च गरेका थिए । ‘भारतबाट ह्वाट्स एपमा आएको कल फेक रहेछ,’ भुलले भने ।

भिस्टाराको यो जहाज आज अपराह्न दिल्लीबाट काठमाडौं आउँदा १ सय ५७ यात्रु थिए र अहिले फर्किंदा १ सय ५२ यात्रु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?