+
+

विद्युत् उत्पादन बन्द हुँदा पाँचथर पावर नोक्सानीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ८ गते ८:५७

८ कात्तिक, काठमाडौं । पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनी ३ करोड १ लाख रुपैयाँ नोक्सानीमा छ ।

जबकि गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानी शून्य छ । आम्दानी शून्यका बाबजुत विभिन्न खर्चका कारण कम्पनी नोक्सानीमा गएको हो ।

२०८० असार मसान्तमा आएको बाढीले आयोजनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन हुन सकेको छैन । जसले गर्दा आम्दानी हुन नसकेको कम्पनीले स्पष्ट पारेको छ । आयोजना निर्माण सम्पन्न हुन अझै ३ महिना लाग्ने अनुमान रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १३ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ९२ पैसा छ । बुधबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?