+
+

जनक शिक्षाले अब हुलाक टिकटसँगै लालपूर्जा र भिसा स्टिकर पनि छाप्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ९ गते १५:५१

९ कात्तिक, काठमाडौं । सरकारले जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकटसँगै जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइका लागि स्वीकृति दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि ४ फागुन ०८० देखि जनक शिक्षा सामग्री केन्द्रले हुलाक सेवा विभागको समन्वयमा हुलाक टिकट छाप्न सुरु गरेको थियो । ०१६ सालसम्म नेपालमै हुलाक टिकट छापिए पनि त्यसयता बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?