 
																			१२ कात्तिक, काठमाडौं । अनलाइनमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको उडिसाका ३० वर्षीय राजीव महानन्द छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।
उनले विभिन्न सामाजिक सञ्जालहरुमार्फत सुनका गरगहना, आइफोनलगायतका सामानहरु पार्सल गरी पठाएको भन्दै प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुका बैंक खातामा रकम हाल्न लगाएर ठगी गरेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म उनले १७ लाख ८२ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । मोरङको बेलबारी नगरपालिका–४ बाट पक्राउ परेका उनलाई ठगीको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4