+
+

ओमोडा एन्ड जेईको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न 

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते १९:४२

काठमाडौं । विद्युतीय गाडी (ईभी) ओमोडा एन्ड जेईको इन्टरनेसनल युजर समिट चीनको बुहुमा सम्पन्न भएको छ ।

‘लार्ज–स्केल ग्रिन च्यारिटि साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान कि–मुन समेत सहभागी भएका थिए ।

सम्मेलनमा ‘ओमोडा एन्ड जेईको’ को अभिभावक कम्पनी र आईयूसीएनबीच ‘चेरिस नेचर’ नामक ग्लोबल कोअपरेसन प्रोजेक्टमा हस्ताक्षर भएको थियो ।

सम्मेलन मार्फत ओमोडा एन्ड जेईकोले  विश्वव्यापी ईएसजी (इन्भायरमेन्टल, सोसियल र गभर्नेन्स) अलाएन्स स्थापना भएको घोषणा गरेको छ ।

यसले विभिन्न क्षेत्रहरूसँग सहकार्य बढाउँदै ‘इनोभेसन, ग्रिन, एन्ड सेयरिङ’ मा केन्द्रित ग्लोबल इको–कम्युनिटि निर्माण गर्ने लक्ष्य लिएको छ ।

सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेईको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङको पनि सहभागी रह्यो ।

ओमोडा एन्ड जेईको अटोमोबाइल्स नेपालमा आधिकारिक विक्रेता  एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?