+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
90/3 (12.2)
VS
चितवन राइनोज 2025
0/0
Shares

सिन्कामारी रोटी बेच्नै व्यस्त छिन् रानीलाक

रासस रासस
२०८१ कात्तिक १३ गते १३:३६

१३  कात्तिक, दाङ । घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त छिन् । उनले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आएकी छन् ।

विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी हिजोआज घोराही बजारसँगै नजिकका गाउँमा समेत बिक्री हुने गरेको छ । उनी रोटी डोकोमा बोकेर गाउँगाउँ डुल्छिन् । ‘खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, अनि समयको सदुपयोग पनि’, उनले भनिन्, ‘तिहारलाई लक्षित यो व्यवसायबाट हुने आम्दानीले सन्तुष्ट छु ।’

गत वर्षको तिहारमा मात्र तीन दिदीबहिनी मिलेर दुई लाख रुपैयाँ बढीको रोटी बिक्री गरेको बुढाले बताइन् । यो वर्ष अझ धेरै आम्दानी गर्ने उनको लक्ष्य छ । केही दिनयता दैनिक ७ सयदेखि ८ हजार रुपैयाँसम्मको रोटी बिक्री गर्दै आएको उनले बताइन् ।

हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाका रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको धेरै खपत हुनेगर्छ । यो रोटी चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ । बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार राम्रो रहेको उनको अनुभव छ ।

कतिपय ग्राहक घरमै किन्न आउने भएकाले बजारको समस्या नभएको उनको भनाइ छ । उनले एक दर्जन रोटी दुई सय ५० रुपैयाँका दरले बिक्री गर्दै आएको बताइन् । उनीसँगै जिल्लामा तिहार लक्षित सिन्कामारी रोटी बनाएर बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?