+
+

पत्रकारलाई राष्ट्रपतिले भने : विद्यार्थी विदेशिने प्रवृत्ति रोक्ने गरी कलम चलाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते १७:३८

१३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यार्थी विदेशिने प्रवृत्ति रोक्ने गरी कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन् ।

मंगलबार शिक्षा पत्रकाहरुसँगको भेटमा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् ।

शिक्षा पत्रकार समूहले राष्ट्रपति पौडेललाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । उक्त पत्र बुझ्दै राष्ट्रपति पौडेलले कक्षा १२ पास गर्नासाथ विद्यार्थी विदेशिने अवस्था हटाउनुपर्ने बताएका हुन् ।

विद्यार्थी विदेशिने प्रवृत्ति समयमै रोक्न नसकिए भविष्यमा झन् ठूलो समस्या आउने उनको भनाइ छ ।

शिक्षा पत्रकार समूहले विद्यालय शिक्षासम्बन्धी विधेयक चाँडोभन्दा चाँडो संसदबाट अनुमोदन गराउने वातावरणका लागि राष्ट्रपतिलाई आग्रह गरेको छ ।

सार्वजनिक विद्यालयको सिकाइ उपलब्धि सुधार, शिक्षक दरबन्दी व्यवस्थापन, विद्यालयको पहुँच विस्तार, संविधानः निशुल्क र अनिवार्य शिक्षाको कार्यानवयन लगायतका लागि पहलकदमी लिन राष्ट्रपतिलाई आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?