+
+

बाढी प्रभावित ५०० बालबालिकालाई एनसेल फाउन्डेसनको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते १८:४१

काठमाडौं । एनसेल फाउन्डेसनले बाढी प्रभावित बागमती नदी किनारा अन्तर्गत बल्खु क्षेत्र आसपासका ५०० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजना अनुरूप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा उक्त सहयोग हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ ।

गत ११ र १२ असोजको अविरल वर्षापछिको बाढीले बागमती नदी किनार अन्तर्गत बल्खु क्षेत्र डुबानमा परेको थियो । जसका कारण सो क्षेत्रका बालबालिकाले अध्ययन गर्ने किताब, कापीलगायत शैक्षिक सामग्रीमा क्षति पुगेको थियो ।

यसैगरी एनसेल फाउन्डेसनले बाढी–पहिरो प्रभावित काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारलाई राहत वितरण गरेको छ ।

रोशी गाउँपालिकाका–७, ८ र ११ का २१५ परिवार, पनौती नगरपालिका–७ र ८ का ७० परिवार र चक्रघट्टा गाउँपालिका–४ का ५० परिवारलाई राहत वितरण गरिएको फाउन्डेसनले जनाएको छ ।

यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्‍याएका वडा ४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो ।

यसैगरी फाउन्डेसनले हालसम्म ५३० भन्दा बढी घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?