एलन मस्क : सोसल मिडिया साइट एक्सका मालिक समेत रहेका एलन मस्क नै ट्वीटरमा सबैभन्दा धेरै फलो गरिएका व्यक्तिको सूचिमा पहिलो नम्बरमा रहेका छन् । उनका ट्वीटर फलोअरको संख्या २० करोड रहेको छ । उनी २० करोड एक्स फलोअर्स भएका विश्वका एकमात्र व्यक्ति हुन् ।
बाराक ओबामा : एक्समा सर्वाधिक फलोअर्स भएका व्यक्तिहरुको सूचिको दोश्रो स्थानमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा रहेका छन् । उनका फलोअर्सको संख्या १३ करोड १९ लाख रहेको छ ।
क्रिस्टियानो रोनाल्डो : स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैजसो सोसल मिडिया साइटमा निकै सक्रिय र लोकप्रिय व्यक्ति हुन् । एक्समा पनि उनका फलोअर्सको संख्या करोडौँ रहेको छ । सर्वाधिक फलोअर्स रहेका व्यक्तिको तेश्रो नम्बरमा रहेका रोनाल्डोलाई एक्स प्लाटफर्ममा ११ करोड ३२ लाखले पछ्याउँछन् ।
जस्टिन बिबर : क्यानेडियन पप गायक जस्टिन बिबर युवामाझ निकै लोकप्रिय सेलिब्रेटी हुन् । विश्वमा उनका फ्यानहरुको संख्या करोडौँ छ । एक्समा पनि उनलाई हाल ११ करोड ३ लाखले फलो गर्दछन् ।
रिहान्ना : चर्चित पप गायिका, नायिका तथा उद्यमी रिहान्ना एक्समा सर्वाधिक फलो गरिएका व्यक्तिको सूचिमा पाँचौँ नम्बरमा छिन् । उनका ट्वीटर फलोअर्सको संख्या १० करोड ८४ लाख रहेको छ ।
केटी पेरी : गायिका केटी पेरी एक्समा सर्वाधिक फलो गरिएका व्यक्रिको सूचिमा छैटौँ नम्बरमा छिन् र उनका फलोअर्सको संख्या १० करोड ६३ लाख रहेको छ ।
नरेन्द्र मोदी : एक्समा सबैभन्दा धेरै मानिसले फलो गरेका व्यक्तिको सूचिमा सातौँ स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् । उनका फलोअर्सको संख्या १० करोड २४ लाख रहेको छ।
टेलर स्विफ्ट : कुल ९ करोड ५३ लाख फलोअर्स सहित गायिका टेलर स्विफ्ट आठौँ स्थानमा छिन् ।
डोनाल्ड ट्रम्प : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनैबेला ट्वीटरले प्रतिबन्ध लगाएको थियो । तर त्यसका बाबजुत उनलाई करोडौँले पछ्याउँछन् । ट्रम्पका ट्वीटर फलोअर्सको संख्या ८ करोड ७६लाख रहेको छ ।
लेडी गागा : चर्चित गायिका तथा अभिनेत्री लेडी गागा सोसल मिडिया प्लाटर्फ एक्समा सर्वाधिक लोकप्रिय व्यक्तिको टपटेन भित्र पर्न सफल भएकी छिन् । उनका फलोअर्सको संख्या ८ करोड ३१ लाख रहेको छ । एजेन्सी
प्रतिक्रिया 4