+
+

कमला ह्यारिसको अन्तिम चुनावी सम्बोधन : गाजा युद्ध अन्त्य गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १९ गते १७:३०

१९ कात्तिक, काठमाडौं । डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले गाजामा भइरहेको युद्ध अन्त्य गर्ने प्रतिबद्धता गरेकी छन् । उनले अरबी अमेरिकीहरुको बीचमा आफ्नो अन्तिम चुनावी सम्बोधनका क्रममा उक्त घोषणा गरेकी हुन् ।

ह्यारिसले गाजामा भइरहेको नरसंहारबाट असन्तुष्ट अरबी अमेरिकन पक्षलाई आफ्नो कित्तामा ल्याउने कोशिस गरेकी हुन् । गाजा युद्धमा ४३ हजारभन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको छ भने २ लाख बढी जनता विस्थापित भएका छन् ।

गाजा युद्ध विनाशकारी भएको बताउँदै उनले भनेकी छन्, ‘राष्ट्रपतिको रूपमा, म गाजामा युद्ध अन्त्य गर्न, बन्धकहरूलाई घर ल्याउन, गाजाको पीडाको अन्त्य गर्न, इजरायल सुरक्षित भएको सुनिश्चित गर्न, र प्यालेस्टाइनी जनताले आफ्नो मर्यादा, स्वतन्त्रता, सुरक्षाको अधिकार महसुस गर्न सक्ने सुनिश्चित गर्न मेरो शक्तिमा सबै गर्नेछु ।’

उनले गाजा युद्ध अन्त्य गर्ने योजना कसरी बनाइन् भन्नेबारे विस्तृत जानकारी दिइनन् । आलोचकहरु भने इजरायललाई सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकाले गरिरहेको आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?