काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर पाउने भएका छन् ।
क्यासब्याक अफर योजना अनुसार ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित ५ सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।
बैंकका ग्राहक तथा ग्राहकका परिवार सदस्यले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा वा काट्दा ‘फ्लाइयती’ प्रोमो कोड प्रयोग गरी ५ सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।
बैंकका अनुसार ग्राहकले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन् । यो क्यासब्याक योजना २९ नोभेम्बरसम्म रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4