२२ कात्तिक, गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले आफ्नो पार्टी कुर्सी वा भुँइ जहाँ भएपनि जनताको साथमा रहने बताएका छन् ।
बिहीबार नेकपा एमाले रेसुङ्गा नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले दुई ठूला दल मिलेर सरकार बनाउँदा जनतामा खुसीयाली छाएको बताए ।
उनले अब विकासले पनि गति लिने बताए । माओवादीले अस्थिरता मात्रै बोकेर हिँड्दा राजनीतिक स्थायित्व नभएकाले दुई पार्टी मिल्नुपरेको उनले बताए ।
सोही कार्यक्रममा एमाले सचिव गोकर्ण विष्टले नागरिकमा विकासको चाहना तिब्र भएको बताएका छन् । तर राज्यको सीमित स्रोतका कारण जनचाहना अनुसार विकास गर्न कठिन हुने उनले बताए ।
देश विकास गर्न समय लाग्छ लाग्ने भएकाले आशावादी हुन उनले नागरिकलाई आग्रह गरे ।
नेता विष्टले पहाडमा बढ्दो बसाइँसराइबारे सोच्नुपर्ने बेला आएको बताए । गाउँ गाउँमा विकास निर्माणको काम बढ्दै गए पनि बसाइसराइ बढ्नु चुनौती भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4