+
+

उदय सोताङ, राजु लामा, मेलिना राई र खेम सेन्चुरी ‘भ्वाइस अफ नेपाल’ सिजन ६ का कोच

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते १६:३६

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन ६’ मा कोचको टुंगो लागेको छ । सुरुदेखि नै कोचको रुपमा देखिंदै आएका गायक प्रमोद खरेल यो सिजनमा हुनेछैनन् ।

कोचको रुपमा गायकद्वय उदय सोताङ र राजु लामाको पुनरागमन भएको छ । यसअघि ‘भ्वाइस किड्स’मा कोच बनेकी गायिका मेलिना राईले भ्वाइसमा इन्ट्री गरेकी छन् ।

चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी पनि नयाँ सिजनमा कोचको रुपमा अनुबन्धित भएका छन् । लोकदोहोरी क्षेत्रका यी सर्वाधिक व्यस्त गायकले भ्वाइसमा कोचको रुपमा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले चारैजना कोचको टुंगो लागेको अनलाइनखबरलाई बताए । आइतबारदेखि ब्लाइन्ड अडिसन सुरु हुने र १२० जना प्रतिस्पर्धीले यो राउण्डमा प्रतिस्पर्धा गर्ने निर्देशक पौडेलले जनाए ।

नियमहरु पनि पहिलेकै यथावत् रहने भनिएको छ । भ्वाइस अफ नेपालको छैटौं सिजन मंसिर अन्त्यदेखि हिमालय टिभीमा प्रसारण हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?