 
																			२५ कात्तिक, काठमाडौं । सभामुख देवराज घिमिरेले किरात धर्मावलम्बीका गुरु फाल्गुनन्द अगुवा समाज सुधारक रहेको बताएका छन् ।
किरात माङ्सेसे हाङ्साम माङ्हिमले फाल्गुनन्दको १४० औं जन्मजयन्तीका अवसरमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शङ्खादेवीमा गरेको कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताएका हुन् ।
उनले मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता फाल्गुनन्दका नीति समाज सुधारका लागि महत्वपूर्ण दस्तावेज भएको बताए ।
उनले फाल्गुनन्दले प्रतिपादन गरेका सिद्धान्तलाई किरात समुदायमा मात्रै सीमित नगरी देशैभर फैलाउन जरुरी रहेको पनि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4