+
+

संयुक्त राष्ट्रसंघले भन्यो : सन् २०२४ अहिलेसम्मकै गर्मी वर्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १६:५४

२६ कात्तिक, काठमाडौं। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले सन् २०२४ विश्वकै सबैभन्दा गर्मी वर्ष हुने क्रममा रहेको बताएको छ ।

डब्ल्यूएमओले जनवरी र सेप्टेम्बर बीचको विश्वव्यापी औसत तापक्रम १९औं शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस बढी रहेको जनाउँदै उक्त निष्कर्ष निकालेको हो।

सन् २०१५ मा पेरिसमा भएको सम्मेलनबाट २०० देशहरूले जलवायु परिवर्तनको नराम्रो प्रभावलाई कम गर्ने आशामा तापक्रमको बढ्दो स्तरलाई सीमित राख्न प्रयास गर्ने वाचा समेत गरेका थिए।

मौसम विज्ञान संगठनले त्यसलगायत अन्य चिन्ताजनक निष्कर्षहरु पनि सार्वजनिक गरेको छ । महासागरहरु छिटो तातिरहेका छन् भने हिमनदीहरु पग्लने क्रम पनि बढ्दो अवस्थामा छ। सन् २०२३ मा विश्वका हिमनदीहरुबाट टुक्रिएका बरफको मात्रा सन् १९५३ मा मापन सुरु भएयताकै उच्च थियो ।

त्यस्तै समुद्री सतह पनि बढ्दै गएको छ। सन् २०१४ देखि २०२३ सम्म विश्वव्यापी औसत समुद्री स्तर प्रति वर्ष ४.७७ मिलिमिटरले बढेको थियो, जुन् १९९३ र २००२ बीचको दरभन्दा दोब्बर हो ।

जलवायु वैज्ञानिकहरूले धेरै वर्षदेखि यी विषयहरुमा विभिन्न अनुसन्धानहरु गर्दै आइरहेका छन् भने प्रतिकूल हुँदै गएको चेतावनी समेत दिँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?