२६ कात्तिक, काठमाडौं । राष्ट्रिय कर दिवस, २०८१ को पूर्वसन्ध्यामा आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले २८ कात्तिकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । त्यस दिन बिहान ११ देखि ३ बजेसम्म कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
उपत्यकामा डेंगु संक्रमितहरुको संख्या बढ्दै जाँदा स्वास्थ्य संस्थाहरुमा रगतको उच्च माग भइरहेकाले उक्तदान कार्यक्रम आयोजना गरिएको कार्यालयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए ।
रक्तदान कार्यक्रममा १०० जना भन्दा बढी रक्तदाता सहभागी हुने कार्यालयको अनुमान छ । रक्तदानमा सहभागी हुन उपत्यकाका अरु कर कार्यालय, काठमाडौं महानगरपालिकाका वडा कार्यालय र अरु सामाजिक संघसंस्थाका कर्मचारीलाई पनि अनुरोध गरिएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4