+
+

माधव नेपालले भने : केपी ओली, विष्णु पौडेलहरु गणतन्त्रको विपक्षमा थिए

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते २०:११

२६ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक्लै भएपनि सत्यको पक्षमा उभिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

सुर्खेतमा आज कर्णाली प्रदेशको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले सही बाटो हिड्दा बिस्तारै जनताको समर्थन मिल्ने बताए । सही निर्णय गर्दा मुलुकको नेतृत्व गर्ने सकिने उदाहरण अध्यक्ष नेपालले दिएका थिए ।

जसक्रममा अध्यक्ष नेपालले  गणतन्त्रमा जानेबारे एमालेले निर्णय गर्दाको सन्दर्भ उल्लेख गरे । ‘त्यो बैठकमा ठूलो विवाद भयो । विवाद गर्ने नेताहरुको एउटा पंक्ति थियो । त्यसले भन्यो– गणतन्त्र अहिले नेपालमा सम्भव छैन । अहिले गणतन्त्रको नारा लिनु हुँदैन’ माधव नेपालले भने, ‘ती साना मान्छे होइनन्, ठूला नेता । ती नेताको नाम, केपी ओली ।’

केपी ओलीसँगै गणतन्त्रको विपक्षमा मत दर्ज गर्ने अरु नेताहरुको नाम पनि माधवले सम्झिए । ‘ठूला नेता, उनको नाम बिस्तारै भन्छु, बिष्णु पौडेल । अलिक ठूलै स्वरले भन्छु, मुकुन्द न्यौपाने । अब सबैको नाम किन भन्नु … ’ अध्यक्ष नेपालले भने ।

गणतन्त्रको विरोध गर्नेहरुलाई आफूले फरक मत राख्न लगाएको उनले बताए । ‘उनीहरुले फरक मत दर्ज गरे– असम्भव, सम्भव छैन । मैले भने, दर्ज गर्नुस्, पार्टीको बैठकमा तपाईँहरुको फरक मत रहन्छ’ नेपालले भने, ‘अनि केपी ओलीको भाषण सुरु भयो, बयलगाडा चढेर अमेरिका जाने ? आन्दोलन गरेर राजालाई फाल्न सकिन्छ ? गणतन्त्र आउन सक्छ ?’

त्यो बेला नेपाली कांग्रेस पनि राजतन्त्रबारे नरम नीतिमा पुगेको उनले बताए । यद्यपि जनता जगाएर गणतन्त्र ल्याएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?