+
+

साढे २ करोडको बैंकिङ कसुर मुद्दाका प्रतिवादी समातिए

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १८:५९

२७ कात्तिक, काठमाडौं । साढे २ करोड रुपैयाँको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–९ घर भएका ३७ वर्षीय दिब्य श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार जावलाखेलबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुरको मुद्दामा उनीविरुद्ध २ महिना कैद र साढे २ करोड बिगो र १० लाख क्षतिपूर्ति भराउने फैसला भएको थियो । उच्च अदालत पाटनबाट ३ असार २०८० मा उक्त फैसला भएपछि उनी फरार हुँदै आएका थिए ।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत हुँदै नख्खु कारागार पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?