+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ब्रेनब्रिज एजुकेसनले दिन थाल्यो विदेश अध्ययनमा जाने विद्यार्थीलाई परामर्श

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते ८:४४

काठमाडौं । ब्रेनब्रिज एजुकेसनले विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि परामर्श दिन सुरु गरेको छ ।

दशैं, तिहार तथा छठ पर्वहरूको अवसर तथा आफ्नो सेवा सुरुवातको अवसर पारेर ब्रेनब्रिज एजुकेसनले विद्यार्थीलाई भाषा शिक्षण कार्यक्रमहरू आईईएलटीएस, पीटीई, स्याट लगायतमा विशेष छुट पनि ल्याएको छ ।

अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्स लगायत विभिन्न देशमा उच्च शिक्षामा जान चाहने विद्यार्थीका लागि सही परामर्श दिने उद्देश्यले ब्रेनब्रिज एजुकेसन स्थापना भएको र यसले सधैं यही उद्देश्य बोकेर हिँड्ने ब्रेनब्रिजकी सन्चालक अर्चना दवाडीले जानकारी दिइन् ।

‘विश्वव्यापीकरणको यो समयमा विद्यार्थीले आफ्नो करिअर सुन्दर बनाउन विश्वका जुनसुकै देशको शिक्षालाई प्राथमिकतामा राख्न सक्छन्,’ दवाडीले भनिन्, ‘त्यस्ता विद्यार्थीलाई सही मार्गदर्शन नै हाम्रो उद्देश्य हो ।’

पछिल्लो समय नेपालमा धेरै शैक्षिक परामर्श कम्पनी खुले पनि कतिपयले विद्यार्थीलाई भ्रामक सूचना दिने गरेको आरोप लाग्न थालेको भन्दै उनले भनिन्, ‘हामीले विश्वका विभिन्न देशमा जान चाहने विद्यार्थीलाई सही सूचना मात्र दिने प्रण गरेका छौँ ।’

मध्यबानेश्वरमा रहेको ब्रेनब्रिज एजुकेसनले नेपाली शिक्षा क्षेत्र सुधारका लागि पनि ब्रेनब्रिज छात्रवृत्ति कार्यक्रम ल्याउने दवाडीले बताएकी छन् ।

‘हामी नेपालका विभिन्न जिल्लामा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिँदै छौँ,’ उनले भनिन्, ‘यसको घोषणा केही समयमा हामीले गर्नेछौँ । यो अहिलेसम्मका लागि नीजि क्षेत्रबाट प्रदान गरिने नेपालकै सबैभन्दा ठूलो छात्रवृत्ति हुनेछ ।’

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?