 
																			२८ कात्तिक, काठमाडौं । कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका नवराज अर्याल छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको एसपी होविन्द्र बोगटीले बताए । गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
‘उनले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठा हो’, एसपी बोगटीले भने, ‘त्यो विषयमा सोधपुछका लागि ल्याएका हौं ।’
उनले आफूलाई खानेपानी विभागको सवारी चालकका रुपमा चिनाएका थिए । त्यसक्रममा कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको विवरण उनले अन्तर्वार्तामा सुनाएका थिए ।
अन्तर्वार्ता लिने टेलिभिजन कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सीआईबीले कार्यालयमा बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4