२८ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगर वडा नम्बर १६ को उम्मेवार रोजिना श्रेष्ठलाई बनाएको छ ।
रास्वपाबाट उक्त वडामा उम्मेदवार हुनका लागि ६ जनाले नाम दर्ता गराएका थिए । रास्वपाका बागमतीका महामन्त्री सुरेन्द्र भट्टले उम्मेदवारका लागि श्रेष्ठको नाममा सहमति जुटेको जानकारी गराए ।
काठमाडौं–७ को क्षेत्रीय सभापति समेत रहेकी श्रेष्ठ व्यवसायी समेत हुन् । कानुनमा स्नातकोत्तर गरेकी श्रेष्ठ सामाजिक कार्यमा सक्रिय रहेको प्रदेश महामन्त्री भट्टले जानकारी दिए। ‘सामाजिक संस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ । उहाँ हार्डवयर व्यवसायी पनि हो,’ भट्टले भने । उनी बालाजु निवासी हुन् ।
नेकपा एमालेले यस वडामा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले मीन बहादुर मानन्धरलाई उम्मेवार तोकेको छ । कांग्रेस र माओवादीले भने भने उम्मेदवार तोकिसकेको छैनन् ।
कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको गत भदौमा निधन भएकाले रिक्त वडाध्यक्ष पदमा उप निर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया 4