२८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ मंसिरमा हुने उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंगो लगाएको छ । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जन उम्मेदवार टुंगो लागेका छन् ।
त्यस्तै दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा मनकुमारी श्रेष्ठ र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुनादेवी थापा (भोटे) उम्मेदवार पक्का भएका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
त्यस्तै उपनिर्वाचन हुने वडाहरुमध्ये १४ वटा वडाध्यक्षको उम्मेदवार पनि टुंगो लागेको राप्रपाले जनाएको छ ।
उपनिर्वाचन हुने सबै स्थानमा राप्रपाले कसैसँग तालमेल नगर्ने र आफैं उम्मेदवारी दिने प्रवक्ता श्रेष्ठले बताए । बाँकी उम्मेदवार छिट्टै टुंगो लगाउने उनले जानकारी दिए ।
राप्रपाले टुंग्याएका वडाध्यक्षका उम्मेदवारहरु
झापाको कन्काइ नगरपालिका-६, नारायणप्रसाद निरौला
सुनसरीको गढी गाउँपालिका-६, कविताकुमारी उराव
तेह्रथुमको लालीगुरास नगरपालिका-८, रत्नबहादुर श्रीपाली
ओखलढुंगाको मोलुङ गाउँपालिका-५, चन्द्रमणि दाहाल
सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ सतीशकुमार चौधरी
सप्तरीको डाक्नेश्वरी नगरपालिका-४, रामकुमार यादव
काठमाडौं महानगरपालिका-१६, श्यामकृष्ण श्रेष्ठ
काठमाडौंको कीर्तिपुर नगरपालिका-१, सुरेन्द्र उप्रेती
काठमाडौंको कीर्तिपुर नगरपालिका- ४, विजश बस्नेत
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२, प्रेम लामा भ्लोन
गुल्मीको मुसीकोट नगरपालिका-१, ईश्वरी खाती
रोल्पाको रुन्टीगढी गाउँपालिका-४, पहलबहादुर वली
कपिलवस्तुको सुद्धोधन गाउँपालिका-१ इम्तियाज अहमद
कालीकोटको तिलागुफा नगरपालिका-४ जुद्धबहादुर शाही
प्रतिक्रिया 4