+
+

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते ९:०३

२९ कात्तिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा ३० प्रतिशत बढेको छ । चालु आवको पहिलो तीन महिनामा खुद नाफा २० करोड ५४ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा नाफा १५ करोड ७९ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले १० अर्ब ८२ करोड रुपैयाँ रहेकोमा अहिले ११ अर्ब ९६ करोड रुपैयाँ छ । ब्याज आम्दानी, लगानीवापत आम्दानी लगायत बढ्दा नाफा बढेको छ ।

कुल आम्दानी पहिले १५ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा अहिले १७ अर्ब ९७ करोड रुपैयाँ छ । विपत्ति कोष १ अर्ब ११ करोड रुपैयाँ बराबरको छ । सञ्चित आम्दानी ७१ करोड १९ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १ पैसा छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा छ । बुधबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८६५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?