+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
१११ बलमा १०९ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
12/0 (1.3)
Shares

चिलिमे हाइड्रोपावरको आम्दानीसँगै नाफा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते ९:१८

३० कात्तिक, काठमाडौं । चिलिमे हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २० करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा सामान्य बढेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले २० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

विद्युत् बिक्री आम्दानीले नाफामा सामान्य योगदान पुगेको देखिन्छ । यस्तो आम्दानी पहिले ३४ करोड २८ लाख रुपैयाँ रहेकोमा अहिले ३६ करोड १८ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ ५१ पैसा छ । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ८९ पैसा छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९३ रुपैयाँ छ ।

कम्पनीले सान्जेन जलविद्युत् आयोजना, रसुवागढी हाइड्रोपावर तथा मध्यभोटेकोशीजस्ता ठूला आयोजनामा समेत लगानी गरेको छ । यी तीनै आयोजना करिब सम्पन्न भएका छन् । तीनै आयोजनामा प्रशारणलाइन तथा विद्युत् जडान कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?