+
+

‘ह्रस्व दीर्घ’को सुखद् ओपनिङ प्रक्षेपण, ‘पूर्णबहादुरको सारङ्गी’ अझै आक्रामक

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १२:१९

काठमाडौं । चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ शुक्रबारदेखि हलमा रिलिज भएको छ । देशभरका झण्डै १५० शोबाट फिल्म प्रदर्शनमा आएको हो । फिल्मले पाएको यो शो संख्या उत्साहजनक हो ।

शुक्रबार दिउँसो मध्यान्हसम्म फिल्मको देशव्यापी अकुपेन्सी ४० देखि ५० प्रतिशत छ । अपरान्ह र बेलुकीका शोको अकुपेन्सीमा क्रमशः वृद्धि भइरहेको देखिन्छ । विशेषगरी काठमाडौंसहितका प्रमुख सहरका मल्टिप्लेक्सको अकुपेन्सी बेलुकापख शतप्रतिशत हुने अनुमान गर्न सकिन्छ ।

शुक्रबारदेखि अजय देवगण स्टारर बलिउड फिल्म ‘सिंघम अगेन’को प्रदर्शन रोकिएपछि यसको फाइदा ‘ह्रस्व दीर्घ’को शोमा पुगेको देखिन्छ । अब नीता ढुंगाना र हरिहर अधिकारी स्टारर फिल्मको प्रमुख चुनौती भनेको प्राप्त भएको शोलाई अकुपेन्सीमा बदल्नु हो । यसको स्पष्ट आकार शनिबारदेखि क्रमशः देखिन सक्छ ।

नेपाली र भारतीय कलाकारले अभिनय गरेको यो फिल्मको रनटाइम १५५ मिनेट र सर्टिफिकेट पीजी छ ।

पूर्णबहादुरको सारङ्गी’ अझै आक्रामक

‘पूर्णबहादुरको सारङ्गी’को कमाइ अहिले पनि आक्रामक छ । शुक्रबार शो संख्या र अकुपेन्सीमा केही गिरावट आएपनि फिल्मले आज डेढ करोड कमाउने निश्चित छ । फिल्मले शुक्रबार देशव्यापी ३५० देखि ३७० हाराहारीमा शो पाएको छ ।

विजय बराल स्टारर फिल्मले तेस्रो सप्ताहन्त पनि उछाल कमाइ गर्ने देखिन्छ । यो सप्ताहन्त यस फिल्मका लागि किन महत्वपूर्ण छ भने शनिबारसम्म ३० देखि ३१ करोड ग्रस कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?