+
+

नबिल आठौं पटक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १ गते १४:०२

१ मंसिर, काठमाडौं । नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म आठपटक यो सम्मान प्राप्त गर्न सफल भएको छ ।

यो वर्ष पनि आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा बीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई  पुरस्कृत गरेका हुन् । उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन् ।

नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरू सहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ । यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।

नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?