+
+

सडकमा माटो झार्ने ट्रक चालक कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १७:१०

२ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले सडकमा माटो झार्दै ट्रक गुडाउने चालकलाई कारबाही गरेको छ ।

सानेपास्थित समिट होटल निर्माणको क्रममा, टिपर र ट्रकले माटो ओसारपसार गर्दा सडकमा माटो खसालेर सहरलाई फोहर पारेको र खसालेको माटोका कारण सवारीसाधन दुर्घटना हुने गरेको भन्दै महानगरले ती सवारीका चालकहरूलाई कारबाही गरेको हो ।

बा.५ ख ५४४३ नम्बर को ट्रकलाई ललितपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०७५ अनुसार ५ हजार रुपैयाँ जरिबाना गरेको छ ।

महानगरले सडक र सहर फोहोर बनाउने यस्ता गतिविधिलाई महानगरले सूक्ष्म रूपमा निगरानी गरिरहेको छ ।

यसअघि पनि सडकमा माटो खसाल्दै गुड्ने एक दर्जनभन्दा बढी टिपरका चालकलाई जरिबाना गरिसकेको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?