+
+

मुरलीधर फिल्म ‘हरिबहादुरको जुत्ता’को भिलेनमा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १८:१६

काठमाडौं । फिल्म ‘हरिबहादुरको जुत्ता’ले शीर्ष खलपात्रमा गायक तथा अभिनेता मुरलीधरलाई अनुबन्धित गरेको छ । आइतबार निर्माता सरोज ओली र अभिनेताबीच लिखित सहमति भएको छ ।

‘१२ गाउँ’को सुपरहिट प्रदर्शनपछि मुरलीधरले यो फिल्म साइन गरेका हुन् । त्यसअघि उनले नवल खड्काको ‘काँडेतार’मा पनि खलपात्रको भूमिका निर्वाह गरेका थिए ।

हरिवंश आचार्यको चर्चित पात्र हरिबहादुरमाथि आधारित रहेर निर्माण हुन लागेको यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । यसअघि यस फिल्ममा हरिवंशसहित प्रकाश सपुत, स्वस्तिमा खड्का र प्रियंका कार्की अनुबन्धित छन् ।

निर्माता ओलीले माघको दोस्रो सातादेखि काभ्रेमा फिल्मको छायांकन सुरु हुने जानकारी दिए । फिल्ममा पटकथा र संवाद हरिवंशकै छ । ‘मुरलीधरलाई उक्त चरित्र उपयुक्त हुने भएकाले कास्ट गरेका हौं,’ ओलीले भने । एसएम मोसन पिक्चर्स प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?