+
+

मन्त्रिपरिषदको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते ९:१३

३ मंसिर, काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी छ । बैठकमा पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने बताइएको छ ।

ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।

ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । त्यसअघि सानो गौरचणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।

उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र कानुन मन्त्रीसमेतलाई सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?