+
+

युक्रेनलाई क्षेप्यास्त्र प्रयोग गर्न दिइएकोमा रूसको आक्रोश, पुटिनले के गर्लान् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते १२:२१

४ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई युद्धमा लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएर आफैंले युक्रेनमा मिसाइलहरू पठाउन थालेपछि रूसले कडा प्रतिक्रियाका साथ आक्रोश जनाएको छ ।

सोमबार बिहान रुसको आधिकारिक पत्रिका रोसिस्काया गजेटाको वेबसाइटमा प्रकाशित लेखलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘जाँदाजाँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले लिएको यो निर्णय आफ्नो शासनकालमा लिएका निर्णयहरूमध्ये सबैभन्दा उत्तेजक हो, यसको नतिजा निकै गम्भीर र खतरनाक हुन सक्छ।’

रुसी सांसद लियोनिद स्लुत्स्कीले भनेका छन्, ‘यसले निश्चित रूपमा तनाव बढाउनेछ भने यसको परिणाम भोग्नलाई तयार रहन धम्की पनि दिइनेछ।’ त्यसैगरी रूसी सिनेटर भ्लादिमिर जाब्रोभले यसलाई तेस्रो विश्वयुद्धको कदम भनेर टिप्पणी गरेका छन्।

अमेरिकी निर्णयप्रति रूसमा आक्रोश पैदा भएसँगै अबको महत्वपूर्ण कुरा चाहिँ हालसम्म मौन रहेका राष्ट्रपति भ्लादिमिर पुटिनले यसबारे के सोचिरहेका छन् र के गर्ने योजनामा छन् भन्ने हो ।

राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँगको कुरामा अमेरिकाको यस्तो निर्णयले तनावको नयाँ चक्र सुरु हुने र रूस र युक्रेनबीचको विवादमा अमेरिकी प्रवेशले नयाँ अवस्थाको सिर्जना गर्ने बताएका थिए । बाइडेन प्रशासनले आगोमा घिउ थप्ने काम गरेको आरोप लगाउँदै उनले अमेरिकाले यसबारेमा निरन्तर तनाव बढाइरहेको जिकिर गरे ।

रूसले हालै मात्र उत्तर कोरियाली सैनिकलाई युद्ध क्षेत्रमा तैनाथ गरेको छ जसले गर्दा उनीहरूले रूसी सैनिकसँगै मिलेर युक्रेनमा आक्रमण गर्न सक्छन् ।

अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया नदिएका रूसी राष्ट्रपति पुटिनले केही समयअघि भने यो अवस्था उतपन्न हुनसक्ने चर्चाका बारेमा भनेका थिए, ‘यदि कसैले हाम्रो क्षेत्रलाई निशाना बनाउन हतियार दिन्छ भने हामी विश्वका यस्ता देशलाई पनि हतियार दिन सक्छौँ जसले आफ्नो संवेदनशील लक्ष्यलाई निशाना बनाउन सक्छौं ।’

पुटिनको कदमबारे ठ्याक्कै अनुमान गर्न नसकिने भएपनि उनले अमेरिकाको यस निर्णयप्रति असन्तुष्ट भएको संकेत भने दिएका छन् ।

अर्कोतर्फ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्णय उल्टाउन सक्ने पनि केही राजनीतिक जानकारहरू बताउँछन् । पुटिनले पनि यो कुरालाई ध्यानमा राखेर हाल मौन रहेको बुझिएको छ ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?