+
+

असोजमा भित्रियो हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते १३:५६

४ मंसिर, काठमाडौं । असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भित्रिएको रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा तीन महिनामा ३ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?