
४ मंसिर, काठमाडौं। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे र जनवादी गणतन्त्र चीनको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बातरबीच भेटवार्ता भएको छ ।
चीन भ्रमणमा रहेकी उपाध्यक्ष घिमिरे र चीनको चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बातर बिच मंगलबार बेइजिङमा भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा उपाध्यक्ष घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएको उनको सचिवालयले जनाएको छ ।
उपाध्यक्ष घिमिरेको सचिवालयका अनुसार चीनको जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातरले चीन नेपालमा राजनैतिक स्थिरताको पक्षमा रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4