४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक दलका नेताहरुबीच एकले अर्कोलाई झुक्याउने मात्र सोच रहेको टिप्पणी गरेका छन् ।
सत्तामा टाँसिरहनका लागि नेताहरुबीच छक्याउने, झुक्याउने सोच र प्रवृत्ति देखिएको जिकिर गर्दै उनले त्यो कुरा मुलुकको राजनीतिक क्षेत्रका लागि नै घातक भएको बताए ।
मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले राजनीतिक नेतृत्वले शासनमा भन्दा रासनमा ध्यान दिएको धारणा राखे ।
‘नेतृत्वले एकले अर्कालाई छक्याउने, झुक्याउने, कसरी हुन्छ आफ्नो हातमा सत्ता राखिराख्ने खालको जो सोच र प्रवृत्ति र संस्कृतिको विकास भएको छ । यो धेरै हानिकारक छ’, उनले भने, ‘एकले अर्कोलाई धोका दिने, छक्याउने खालको कुराले, सत्तामा टाँसिरहने र इगो टकराउने खालको कुरा र शासनमा भन्दा रासनमा बढी ध्यान दिने खालको नीति भयो भने फेरी द्वन्द्व हुन्छ । त्यो सम्हाल्न सकिँदैन ।’
प्रतिक्रिया 4