
५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिजुलीको पोलमा विज्ञापनको पोस्टर टाँस्नेलाई कारबाही गरेको छ ।
१६ वडाभित्र बिजुलीका पोलहरूमा पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगर प्रहरीले बुधबार हरि परियारलाई १० हजार जरिबाना गरेको हो ।
महानगरले पछिल्लो समय पोलमा, सार्वजनिक स्थानको पर्खालमा, पुल लगायत स्थानमा पर्चा, पम्लेट टाँस्न निषेध गरेको छ भने पैदल यात्रुलाई पर्चा बाँढेमा पनि कारबाही गर्दै आएको छ ।
यसैगरी महानगरले मनोहरा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गर्नेलाई पनि जरिबाना गरेको छ ।
वडा नम्बर ३२ जडिबुटी स्थित मनोहरा खोलाबाट अवैध उत्खनन गरी बालुवा लोड गरिरहेको अवस्थामा बा४ख १७५५ नम्बरको मिनी ट्रकलाई १० हजार जरिबाना गरिएको महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4