+
+

प्रधानमन्त्री चीनबाट फर्किएलगत्तै भारत जानुहुन्छ : गृहमन्त्री लेखक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १२:३९

६ मंसिर, धनगढी । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने बताएका छन् । आज प्रेस युनियन धनगढीमा आयोजित पत्रकार भेटघाटमा मन्त्री लेखकले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भैसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ ।’

नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जानु परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देशको भ्रमणमा अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई कांग्रेस–एमाले बीच खटपट भएको भनेर गलत हल्ला चलाइएको उनले दाबी गरे । ‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौं ।’ उनले २०८४ को निर्वाचनसम्म सहज रुपमा मिलेर जाने पनि उनले बताए ।

उनले सरकारका मन्त्री परिवर्तन गर्नेबारे दुई दलबीच छलफल नभएको पनि उनले बताए । ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’ उनले भने ।

२०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै उनले अबको १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?