+
+

रास्वपाको सर्कुलर : उम्मेदवारी परेका स्थानमा सरकारको विरोधमा कोणसभा गर्नू 

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १५:२४

६ मंसिर, काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका स्थानमा सरकारको विरोधमा कोणसभा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्कुलर गरेको छ ।

रास्वपाले १६ मंसिरमा हुने उपनिर्वाचनमा २७ स्थानमा उम्मेदवार बनाएको छ । उपनिर्वाचन हुने ४४ पदमा १८ स्थानमा रास्वपाले उम्मेदवार बनाएको छैन ।

केन्द्रीय समितिको निर्णय अनुसार ८ र ९ मंसिरमा रास्वपामा उम्मेदवार भएका स्थानहरूमा सरकारको विरोधमा कोण सभा गर्न निर्देशन दिएको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी संरचनालाई सर्कुलर गर्दै भ्रष्टाचार, बेथिति र प्रतिशोध विरुद्ध आन्दोलन स्वरूप कोण सभा गर्न निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?