+
+

समीर भट्टले थाले रंगेलीबाट ‘बलिदान’को दोस्रो चरणको छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते ११:५३
छायांकन सेटमा अभिनेता भट्ट (दायाँ) र निर्देशक सेन ।

काठमाडौं । अभिनेता समीर भट्टले शुक्रबारदेखि पूर्वी नेपालको रंगेलीबाट ‘बलिदान’को छायांकन थालेका छन् । बिहानदेखि समीर र ऋचा शर्माको भागको दृश्य छायांकन भैरहेको निर्देशक सन्तोष सेनले जनाए ।

आइतबारदेखि सौगात मल्ल र अर्पण थापाले सेट ज्वाइन गर्नेछन् । पहिलो चरण खिचेका संजय लामाको ठाउँमा महेश पौडेलको टीमले फिल्म छायांकन गरिरहेको छ ।

‘लामाले फागुनसम्म फिल्म खिच्न नभ्याउने भएपछि उहाँको ठाउँमा पौडेलको टीमलाई ल्याएका हौं’ सेनले भने, ‘अबको झण्डै ४५ दिन छायांकन तालिका छ ।’ समयमै काम सकिए नयाँवर्ष २०८२ तिर फिल्मको प्रदर्शन गरिने सेनले जनाए ।

फिल्मको क्लाइमेक्स र प्रि-क्लाइमेक्सको एक्सन कोरियोग्राफीका लागि दक्षिण भारतबाट स्टन्डर साम आउनेछन् ।

छायांकार र केही प्राविधिकको पारिश्रमिक बक्यौताको विवाद चलचित्र प्राविधिक संघमा पुगेपछि निर्माताले लाइटम्यानको २ लाख र छायांकारको ३ लाख पारिश्रमिक भुक्तानी गरेको सेनले जनाए ।

‘हल्ला गरेअनुसार होइन, ५ लाख बक्यौता थियो, त्यो तिर्‍यौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?