 
																						फाइल फोटो ।								
											७ मंसिर, काठमाडौं । पर्सामा ८५ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपालचोक बलेफी गाउँपालिकाका शान्तबहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गाउँपालिकाका प्रेम रुम्बा र मकवानपुर कैलाश गाउँपालिकाका प्रेम रुम्बा छन् ।
पर्सा वीरगञ्जको बाइपास सडकखण्डमा चेकजाँचका क्रममा ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकमा गाँजा लुकाइराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कन्टेनर ट्रकभित्र ४ वटा सेतो प्लाष्टिकको बोरामा रातो प्लाष्टिकले बेरिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तीनैजनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4