+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माइतीघरमा सहकारी पीडितको आन्दोलन आज पनि जारी (तस्वीरहरू)

शंकर गिरी शंकर गिरी
२०८१ मंसिर ७ गते १४:०६

७ मंसिर, काठमाडौं। काठमाडौंको माइतीघरमा सहकारी पीडितले आन्दोलन आज पनि जारी राखेका छन् ।

सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

उनीहरूले सरकारप्रति आक्रोश पोखेका छन् । उनीहरूले भ्रष्ट सरकार होसिया, वित्त पीडितलाई न्याय दे, बचत रकम फिर्ता दे, सहकारी ठगलाई कारबाही गर, तानाशाही सरकार मुर्दावाद, कम्बोडिया काण्ड छानबिन गर, भ्रष्टाचारी मुर्दावाद, जनता मार्न पाइदैन, देश लुट्न पाइदैन’ लगायतका नारा लेखेर प्रदर्शन गरिरहेका छन् ।

बुधबार थापाथलीतिरबाट आएको सहकारी पीडित र प्रहरीबीच झडप भएको थियो । सहकारी पीडितको जुलुसलाई जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो । झडपमा केही प्रदर्शनकारी घाइते भएका थिए ।

सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन् । ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?