+
+

प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ८ गते १४:५७

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद शर्मा अस्वस्थ भएका छन् । उनको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालमा उपचाररत बुवाको स्वास्थ्यावस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका छन् । ओलीले बुवालाई फोक्सोसम्बन्धी समस्या भएर अस्पतालमा उपचार गर्नुपरेको सामाजिक सञ्जालमा खुलाएका छन् ।

उनले अहिले बुवा मोहनप्रसाद शर्माको स्वास्थ्य स्थिति सामान्य रहेको पनि जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?