+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
110/4 (14.1)
VS
चितवन राइनोज 2025
0/0
Shares

सेवाग्राहीलाई मर्का परेको भन्दै पर्सा प्रशासन गेटका सटर खाली गर्न सूचना

रासस रासस
२०८१ मंसिर ९ गते १५:३२

९ मंसिर, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साको प्रवेशद्वारमा रहेका सटरले सेवाग्राहीलाई समस्या भएको भन्दै त्यहाँ रहेका सटर हटाउन सार्वजनिक सूचना जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना गरेर कार्यालय प्रांगणमा रहेका ५ भाडाका सटर खाली गराउन ३५ दिने सूचना जारी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप र नागरिकलाई निर्वाध सरलीकृत सेवा वितरण गर्नका लागि भाडाका सटर खाली गराउन लागेको जानकारी दिए ।

‘कार्यालयमा अत्यधिक सेवाग्राहीको चापको कारणले कार्यालयका लागि कोठाको अभाव कायमै रह्यो’, उनले भने, ‘कार्यालय प्राङ्गणभित्रै राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका निःशुल्क फर्म भर्नका लागि ठाउँ चाहिएकाले पनि सटर खाली गर्न लागेका हौँ ।’

जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्रले कार्यालयको प्रवेशद्वारमा नै ५ सटर भाडामा लगाएको थियो । कार्यालयको प्रांगणमा अर्जेन्ट साइबर, न्यू क्वालिटी प्रिन्टर्स एण्ड नाइनल स्टाम्प र तीन सटर फोटो फेस डिजिटल स्टुडियोले भाडामा लिँदै आइरहेको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेसँगै कार्यालय परिसरमा रहेका बिचौलियाको अन्त्य गर्दै कार्यालय परिसरभित्रै निःशुल्क रुपमा राहदानी र राष्ट्रिय परिचयपत्र लगायतका अनलाइन फारम भर्ने व्यवस्था मिलाउने बताएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?