+
+

स्कुल बस दुर्घटना अपडेट : उपचारको क्रममा एक बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते ८:१३
दुर्घटनाका घाइतेहरू

१० मंसिर, चितवन । चितवनमा गत शनिबार पिकनिक खाएर फर्कंदै गरेका विद्यार्थीहरु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–३ का सावित्री पोखरेलका ८ वर्षीय छोरा आराम्भ पोखरेल छन् । उनको आज बिहान ५ बजे पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गत शनिबार कालिका–४ स्थित चित्रवन स्कुलका विद्यार्थीहरु उपरदाङ्गगढीमा पिकनिक गएर फर्किंदै गर्दा उनीहरु सवार मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस कालिका–९ मा दुर्घटना भएको थियो । बस दुर्घटनामा २८ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?