+
+

पाकिस्तानको साम्प्रदायिक हिंसामा ८८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ११ गते १५:५३

११ मंसिर, काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउनेको संख्या ८८ पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठूलो हताहत भएको थियो ।

यस आक्रमणले सिया र सुन्नी समुदायहरू बिच साम्प्रदायिक हिंसा बढाएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणहरूले मृतकको संख्या अझै बढ्दै गएको छ ।

हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित जिल्लाको स्थलगत भ्रमण गरी दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?